१५ अर्ब नाघ्यो विद्युत् प्राधिकरणको नाफा, १३ अर्बको विद्युत् निर्यात

अर्थकागज
प्रकाशित: १७ फागुन २०८०
Image description

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो छ महिनामा १५ अर्ब ३६ करोड रुपियाँ नाफा आर्जन गरेको जनाएको छ ।

अपरिष्कृत वित्तीय विवरण अनुसार, यस अवधिमा विद्युत् बिव्रmी, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपियाँ आम्दानी गरेको प्राधिकरणले जनाएको छ ।

विद्युत् खरिद, प्रशासनिक, आयोजनालगायतमा जम्मा ५१ अर्ब ९२ करोड ७१ लाख रुपियाँ खर्च भएको छ । प्राधिकरणले समीक्षा अवधिमा करकट्टी अघि १५ अर्ब ३६ करोड छ लाख रुपियाँ नाफा आर्जन गरेको छ । गत आव २०७९÷८० को सोही अवधिमा प्राधिकरणको नाफा १० अर्ब ९१ करोड ६० लाख रुपियाँ थियो ।

गत आवको पहिलो छ महिना १२ अर्ब ३३ करोड रुपियाँ आम्दानी गरेकामा समीक्षा अवधिमा चार अर्ब ४४ करोड ४६ लाख रुपियाँले बढी हो । आव २०७२÷७३ मा आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षमा निरन्तर नाफामा छ ।

प्राधिकरणको चालु आवको पहिलो छ महिनामा १३ अर्ब ३८ करोड ५६ लाख रुपियाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । सोही अवधिमा एक अर्ब ९८ करोड ६२ लाख रुपियाँको विद्युत् आयात गरिएको छ । 

प्रतिक्रियाहरू

noUQqzdkRsvjYi

1 year ago

HwlGdIaB

noUQqzdkRsvjYi

1 year ago

HwlGdIaB

noUQqzdkRsvjYi

1 year ago

HwlGdIaB

सम्बन्धित खबर