साना किसान विकास लघुवित्तको प्रतिसेयर वितरणयोग्य मुनाफा ४०.५५ रुपैयाँ

अर्थकागज
प्रकाशित: २८ वैशाख २०८१
Image description

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार लघुवित्तको नाफामा गिरावट देखिएको छ ।

समिक्षा अवधिमा लघुवित्तले ५३ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ। जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५८ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी भने ४४.६४ प्रतिशतले बढेको छ त्यस्तै लघुवित्तको सञ्चालन आम्दानी ०.२७ प्रतिशतले घटेर ८३ करोड ५५ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको खराब कर्जा २ प्रतिशतबाट बढेर २.४१ प्रतिशत पुगेको छ ।

त्यस्तै चैत्र मसान्तसम्मा लघुवित्तको वितरयोग्य मुनाफा १ अर्ब ५४ करोड ३५ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरयोग्य मुनाफा ४०.५५ रुपैयाँ रहेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ७३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३९ रुपैयाँ ७१ पैसा रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर