नेपाल ल्युब आयलले बोलायो विशेष साधारणसभा, एफपीओ रद्द गर्ने, हकप्रद निष्काशनको प्रस्ताव अघि सार्ने

अर्थकागज
प्रकाशित: १२ माघ २०८१
Image description

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले एफपीओ रद्द निष्काशनको प्रस्तावलाई रद्द गरी हकप्रद निष्काशन गर्न विशेष साधारण बोलाएको छ । कम्पनीले माघ २९ गते विशेष साधारणसभा आह्वान गरेको हो ।

कम्पनीको विशेष प्रस्तावमा यस अघि निर्णय गरिएको प्रिमियममा एफपीओ निष्काशन गर्ने प्रस्ताव रद्द गरि १ः२ को अनुपातमा दुई सय प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पेश हुने छ । त्यस्तै कम्पनीले लुब्रिकेन्ट बाहेकका व्यवसाय गर्नको लागि दुई वटा सहायक कम्पनी खोल्ने निर्णय गरेको छ । सो को प्रबन्धपत्र र नियमावली तथा चुक्ता पुँजी तय गर्ने प्रस्ताव पनि सभामा पेश हुने छ। सभाले पारित गरेका निर्णय कार्यान्वयन गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश हुने छ ।

कम्पनीले विशेष साधारणसभा प्रयोजनको लागि माघ २७ देखि माघ २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। माघ २६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको विशेष साधारणसभामा भाग लिन सक्ने छन्।


प्रतिक्रियाहरू

सम्बन्धित खबर