स्वावलम्बन लघुवित्तको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम मौका, आजसम्मका सेयरधनीमात्र एजिएममा भाग लिन पाउन

अर्थकागज
प्रकाशित: ०८ कात्तिक २०८१
Image description

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश सुनिश्चित गर्ने आज (कात्तिक ८ गते) अन्तिम दिन रहेको छ । लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनार्थ लघुवित्तले भोलि (कात्तिक ९) मा बुक क्लोज गर्दै छ । आजसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउन र सभामा सहभागिता जनाउन सक्नेछन् ।

असोज ३० मा बसेको कम्पनी सञ्चालक समितिको निर्णयअनुसार सभा यही कात्तिक ३० गते लिसरा रिसेप्सन्स, भवगतीबहाल, नक्साल काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुनेछ । सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १४.२५ प्रतिशत बोनस  सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांशसहित कुल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीबाट एक जना निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र मर्जरका लागि योग्य देखिएका संस्थालाई सोसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अधिकार दिनेलगायतका प्रस्ताव पारित गर्नेछ । साथै, कायम चुक्ता पुँजी १ अर्ब ४५ करोडमा बोनस  सेयर जारी गरेर १ अर्ब ६५ करोड ६६ लाख २५ हजार कायम गर्ने एजेन्डा पनि रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर