आज ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओमा आवेदन दिने अन्तिम दिन

प्रकाशित:
०३ चैत २०८१

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले फागुन २७ गतेदेखि सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (चैत ३) अन्तिम दिन रहेको छ ।
कम्पनीले जारी पुँजी ६० करोड रुपियाँको ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्येबाट पहिलो चरणमा प्रतिकित्ता १०० रुपियाँका दरले १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई, ५४ हजार कित्ता कम्पनीका कर्मचारीहरूलाई र ९० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिसकेको छ ।
बाँकी रहेको १४ लाख ७६ हजार कित्ता सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरेको हो । आवेदन न्यूनतम १० र अधिकतम १० हजार कित्ताका लागि दिन सकिने कम्पनीले जनाएको छ । केयर रेटिङ नेपालबाट कम्पनीले केयर–एनपी बीबी माइनस ९डबल बी माइनस० इस्युअर रेटिङ पाएको छ । यसले कम्पनीको समयमै वित्तीय दायित्व भुक्तानीका सन्दर्भमा मध्यम स्तरको जोखिम रहेको बुझिन्छ । कम्पनीको आईपीओ निष्कासक तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares