सूर्यकुण्ड हाइड्रोको पहिलो चरणको IPO मंगलबार बाँडफाँड हुने

अर्थकागज
प्रकाशित: २० पुस २०८२
Image description

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको पहिलो चरणको आईपीओ भोली अर्थात मंगलबार बाडफाँड हुने भएको छ । विहान ११ बजे कुमारी क्यापिटलमा आईपीओ बाँडफाँड हुने कार्यक्रम तय भएको हो । कम्पनीले पुष ९ गतदेखि पुष २३ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको थियो । कम्पनीले आयोजना प्रभावित नुवाकोट जिल्लाको दुप्तेश्वर गाउँपालिकाका स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो चरणमा आईपीओ निष्काशन गरेको हो। कम्पनीले स्थानीयलाई ६ लाख ८९ हजार ६ सय ७५ कित्ता सेयर निष्काशन गरेको छ।

त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ६८ हजार ९ सय ६७ कित्ता सेयर निष्काशन गरेको थियो । सेयर निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

नेपाल धितोपत्र बोर्डले मङ्सिर २५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । यस कम्पनीले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि गत साउन देखि नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गर्दै आएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर