सान्भी इनर्जीको आईपीओ भर्नुभयो ? आवेदन दिने आज अन्तिम दिन

अर्थकागज
प्रकाशित: १३ जेठ २०८२
Image description

काठमाडौं । सान्भी इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज जेठ १३ गते अन्तिम दिन रहेको छ । कम्पनीले जेठ ९ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर ९आईपीओ० बिक्री खुला गरेको हो ।

कम्पनीले सर्वसाधारणको लागि २४ लाख १५ हजार ३ सय कित्ता सेयर निष्काशन गरेको छ। यस निष्काशनमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। शेयर निष्काशनको लागि नेपाल एसबीआई मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ।

कहाँबाट आवेदन दिने ?

क्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

प्रतिक्रियाहरू

सम्बन्धित खबर