लक्ष्मी सनराइज बैंकद्वारा “ई-कमर्स अक्वायरिङ” सेवा सुचारु

अर्थकागज
प्रकाशित: ०४ माघ २०८०
Image description

काठमाडौं । लक्ष्मी सनराईज बैंकले “ई–कमर्स अक्वायरिङ गेटवे” सेवा संचालनमा ल्याएको छ । नेप्स अन्तरर्गत ई-कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराईज पहिलो बैंक रहेको छ ।

यो सेवा नेप्स र VISA को सहायक संस्था, Cybersource सँगको सहकार्यमा विकास गरेको हो । यस सेवाको संचालन पश्चात् अब लक्ष्मी सनराईज बैंकका व्यापारी ग्राहकमहानुभावहरुले ई–कमर्स प्लेटफर्म मार्फत अनलाइन भुक्तानी स्वीकार गर्न सक्नु हुनेछ ।

ई–कमर्स अक्वायरिङ गेटवे व्यापारीवर्गहरुको निम्ती ग्राहक मार्फत भुक्तानी लिनको लागि सजिलो मध्यम हुन सक्दछ । उक्त प्लेटफर्मबाट व्यापारीहरुले विश्वव्यापी रुपमा अनलाइन कारोवार पनि स्वीकार गर्न सक्नु हुनेछ भने उपभोक्ताहरूले भौतिक उपस्थितिको आवश्यकताबिना छिटो र सहज रूपमा कार्डमार्फत अनलाइन भुक्तानी गर्न सक्नु हुनेछ । तसर्थ यो सुविधाले देशको ई–कमर्स कारोवार बढाउने विश्वास नेप्स तथा लक्ष्मी सनराईज बैंकको रहेको छ ।

लक्ष्मी सनराईज बैंकले देश भर रहेका २६३ शाखा, २८ एक्स्टेन्सन काउन्टर, ३२८ ATM,, १४१ शाखा रहित बंकिङ र ५,००० भन्दा बढी रेमिटेन्स एजेन्टमर्फत आफ्नो सेवाहरु प्रधान गर्दै आइरहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर