अपि पावरको साधारणसभाबाट लाभांश पारित, चार जना संचालक निर्विरोध निर्वाचित

अर्थकागज
प्रकाशित: १० कात्तिक २०८१
Image description

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको २१ औं बार्षिक साधारणसभाबाट लाभांश पारित भएको छ । आज अर्थात कार्तिक ११ गते होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौंमा भएको बार्षिक साधारणसभाले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यसै गरी सभाले ४ जना संचालकहरु निर्विरोध निर्वाचित गरेको छ । साधारणसभाले खुला तर्फ संजिव न्यौपाने, द्वारिका प्रसाद न्यौपाने र मधुसुदन कोइरालालाई संचालक निर्वाचित गरेको हो । साथै सभाले महिलातर्फ सिर्जना खड्कालाई निर्विरोध संचालक निर्वाचित गरेको छ । 
सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०८० / ०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक बर्ष २०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल तथा स्वीकृत गर्ने, कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व २०८१/०८२ का लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ । var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

सम्बन्धित खबर