अरुण भ्यालीले डाक्यो साधारणसभा, लगानीकर्तालाई छैन लाभांश
प्रकाशित:
०५ पुस २०८०
काठमाडौं । अरुण भ्याली हाईड्रोपावर कम्पनीले बार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको पुष ५ गते विहिबार बसेको संचालक समिती बैठकले पुस २९ गते आईतबारका लागि साधारणसभा आह्वान गरेको छ ।
कम्पनीले यस पटक गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छैन । कम्पनीले पुस २९ गते इन्द्रेणी कम्प्लेक्स नयाँबानेश्वर काठमांडौमा २६ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे बोलाएको हो ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस २० गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन पाउनेछन ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares