नेपाल-भारत ऊर्जा सहकार्य बैठक सम्पन्न, प्रसारण लाइन र जलविद्युत् आयोजनालाई तीव्रता दिने सहमति
काठमाडौँ । नेपाल र भारतबीच ऊर्जा क्षेत्रको सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति र संयुक्त कार्यसमूहको १३औँ बैठक पोखरामा सम्पन्न भएको छ ।
नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडी र भारत सरकारको विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवालको सहअध्यक्षतामा संयुक्त निर्देशक समितिको बैठक बुधबार सम्पन्न भएको हो । यसअघि मंगलबार दुवै देशका सहसचिवहरूको सहअध्यक्षतामा संयुक्त कार्यसमूहको १३औँ बैठक बसेको थियो ।
बैठकमा नेपाल–भारतबीच जलविद्युत् आयोजना विकास, विद्युत् व्यापार तथा प्रसारण पूर्वाधार निर्माणको प्रगतिबारे विस्तृत समीक्षा गरिएको थियो ।
दुवै पक्षले चार सय केभी क्षमताको गोरखपुर–नयाँ बुटवल प्रसारण लाइनसहित नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माणमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै निर्माणाधीन तथा प्रस्तावित विद्युत् उत्पादन र प्रसारण आयोजनालाई छिटो कार्यान्वयन गर्ने उपायबारे छलफल गरेका छन् ।
त्यसैगरी नेपाल र भारतको विद्युत् प्रणालीको समन्वित सञ्चालन, सौर्य ऊर्जा आयोजना विकास, हरित हाइड्रोजन क्षेत्रमा सहकार्य तथा नेपाली प्राविधिकसंयुक्त निर्देशक समितिको बैठकअघि भारतका विद्युत् सचिव पंकज अग्रवालले नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीराजभक्त श्रेष्ठसँग मंगलबार शिष्टाचार भेटवार्ता गरेका थिए ।
बैठकमा भएका छलफलले नेपाल–भारत ऊर्जा क्षेत्रको सहकार्यलाई थप प्रभावकारी र सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास दुवै पक्षले व्यक्त गरेका छन्।
Shares