हकप्रद पारित गर्न सिटी होटलले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

अर्थकागज
प्रकाशित: ०२ पुस २०८१
Image description

काठमाडौं । सिटी होटल लिमिटेडले बार्षिक साधारणसभा बोलाएको छ । होटलले पुस २६ गते, कालिमाटी ब्यांक्वेट, कालिमाटी, काठमाडौंमा बिहान ११ बजे बार्षिक साधारणसभा बोलाएको हो ।

सभाले हाल कायम चुक्ता पुँजीको १ बराबर ०.८० को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले प्रबन्धपत्रमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनी समूहका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्नेलगायतका प्रस्ताव पनि पारित गर्नेछ।साधारण सभा प्रयोजनार्थ होटलले पुस १६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । पुस १४ गतेसम्म कायम शेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर