सेयरधनीलाई झुक्याएर मेन्छियाम हाइड्रोपावरले सुटुक्क गर्यो साधारणसभा, सेयरधनीले कार्यालय घेर्ने !

अर्थकागज
प्रकाशित: ०२ पुस २०८०
Image description

काठमाडौं । सेयरधनीलाई झुक्याएर मेन्छियाम हाइड्रोपावरले सुटुक्क साधारणसभा गरेको छ । पुष २ अर्थात आज बेलुका ५ बजे लैनचौर ब्यांक्वटमा सार्वजनिक सुचना जारी गरेर साधारणसभा बोलाएको थियो । तर, कम्पनीले आज विहान ९ बजे ब्यांक्वटमा कम्पनीको केही कर्मचारीहरु र संचालकहरु आएर सुटुक्क साधारणसभाको ब्यानर टासेर आधा घण्टाभित्र साधारणसभा सम्पन्न गरेको थियो ।

कम्पनीले जारी गरेको सुचनालाई विश्वास गरी धेरै सर्व साधारण लगानीकर्ता बेलुका ५ बजेतिर लैनचौर ब्यांक्वटमा पुगेका थिए । लगानीकर्ताले आज यहाँ मेन्छियाम हाइड्रोपावरको साधारणसभा थियो नी, भन्दै ब्यांक्वटका कर्मचारीलाई सेयरधनीले सोधेका थिए । ब्यांक्वटका कर्मचारीले विहानै साधारणसभा सम्पन्न भएको सेयरधनीलाई बताएका थिए ।

यसरी सेयधनीलाई झुक्याएर साधारणसभा गरेपछि उपस्थिति सेयरधनीहरु आक्रोसित भएका छन् । आक्रोसित लगानीकर्ताको समुहले मंगलबार कम्पनी घेर्ने समेत बताएका छन् । लगानीकर्तालाई झुक्याएर साधारणसभा गर्न नपाइने सेयरधनी डमरु बल्लभ घिमिरेले बताए । यो साधारणसभा रद्द गर्न विद्युत नियम आयोगमा निवेदन समेत दर्ता गराउने सेयधनी घिमिरेलले बताए । घिमिरेजस्तै सेयरधनी राधेस्याम श्रेष्ठले पनि यो सधारणसभा रद्द गर्न हामी विद्युत नियम आयोग, रजिष्ट्रार कार्यालय, सेवान लगायतको कम्पनीमा जाने बताए् । पब्लिक कम्पनीको पैसा उठाउने, अनि प्राईभेट कम्पनीमा जस्तो व्यवस्थापनले आफुखुसी गर्न नपाउने श्रेष्ठले सुनाए ।

किर्ते प्रोक्सी उठाएर साधारणसभाको कोरम पुर्याएको सेयरधनीहरुले बताएका छन् । 

कम्पनीको व्यवस्थापन र कार्यकारी प्रमुखको काम कारवाहीप्रति सेयरधनी पहिलेदेखि नै रुष्ट छन् । कम्पनीको व्यवस्थापन र कार्यकारी प्रमुख सेयरधनीलाई प्रतिफल दिनु भन्दा पनि उनीहरु क्माउ धन्दामा लागेपछि सेयरधनी चिन्ति देखिन्छन् ।

आयोजना निर्माणको क्रममा व्यवस्थापनले सिमेन्ट, फलामे रड, टर्वाइन लगायतको प्रोजेक्टमा प्रयोग हुने हरेक सामानमा कमिसन आएको सेयरधनीले आरोप लगाएका छन् । व्यवस्थापनले करोडौं कमिसन खाँदा आयोजनाको प्रति मेगावाट लागत धेरै भएको उनीहरुको भनाई छ ।

अर्थ कागजले सुटुक्क साधारणस गरेको विषयमा कम्पनीसँग सोधखोज गर्न खोज्दा कम्पनीको वेवसाइट बन्द रहेको छ । कम्पनीको वेवसाइट बन्द भएपछि हाम्रो टिमले कम्पनीको सम्बन्धित व्यक्तिहरुलाई धैरै पटक खोज्ने प्रयास गर्दा सम्पर्क गर्न असमर्थ भयौं । साधारणसभाको मिति परिवर्तन भएको भए सेयरधनीलाई सुचनाको लागि कम्पनीको वेवसाइटमा राख्नु पर्ने हुन्छ । तर वेवसाईट डाउन गरेर सुटुक्क सेयरधनीलाई झुक्याएर साधारणसभा गर्दा विद्युत नियन आयोग, राजिष्ट्रार कार्यालय, सेवोन लगायतको नियामक निकायले हदैसम्मको कारवाही गर्नुपर्ने देखिन्छ ।


प्रतिक्रियाहरू

Narendra Man shrestha

1 year ago

कतिपय सेयरधनिहरुलाई थाहा भयन हाेला कम्पनी ले सभाकाे समय परिबर्तन भएको सुचना दियकाे थियो वेव साईद मा पनि राखेको छ

सम्बन्धित खबर