युनाइटेड बिजनेश होटलले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त
काठमाडौं । युनाइटेड बिजनेश होटल प्राईभेट लिमिटेडले आईपीओ जारी गर्ने भएको छ ।
आईपीओ जारी गर्न होटलले एन आई सी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । एक कार्यक्रमकोबीच एनआईसी एशिया क्यापिटल र युनाइटेड बिजनेश होटलबीच क्यापिटलको “IDEA to IPO” सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, शेयर रजिष्ट्रार सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।
एनआईसी एशिया क्यापिटलले “IDEA to IPO” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि ipo जारी गर्ने चरणसम्म पुरउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ । सोही सेवा अन्तर्गत काठमाण्डौ वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर, काठमाण्डौमा रजिष्ट्रार कार्यालय रहेको युनाइटेड बिजनेश होटललाई क्यापिटलको “IDEA to IPO” सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, शेयर रजिष्ट्रार सेवा सहित युनाइटेड बिजनेश होटल प्रा.लि.लाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानून बमोजिम सर्वसाधारणहरुमा प्राथमिक शेयर ipo निष्काशन गर्नको लागि एन आई सी एशिया क्यापिटल लिमिटेड र युनाइटेड बिजनेश होटल प्रा.लि. बीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको हो । एन आई सी एशिया क्यापिटलले “IDEA to IPO” सेवा अन्तर्गत प्रा.लि. लाई पब्लिक कम्पनीमा परिणत गरी साधारण शेयर निष्काशन सम्मको कार्य गर्न आवश्यक परामर्श सेवा संचालन गरिरहेको हुँदा उक्त सेवा लिन चाहने कम्पनीहरुले क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत दामोदर रायमाझीलाई मोवाइल नं.९८०२३५५६७८ मा सोझै सम्पर्क गर्न सकिने छ ।
Shares