लाभांश र आईपीओ प्रस्तावसहित नेप्सले डाक्यो साधारण सभा


काठमाडौँ । नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) ले लाभांश र आईपीओ प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको दशौं वार्षिक साधारण सभा कार्तिक २३ गते आरण्य बुटिक होटल, मनकामना रोड, हात्तीसार, काठमाडौँमा अपरान्ह ४ बजेबाट सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी स्वीकृत गर्ने, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकको नियुक्ती अनुमोदन गर्ने लगायतका सामान्य प्रस्तावहरु पारित गरिनेछ ।
त्यसैगरी, संचालक समितिले प्रस्ताव गरे बमोजिम २० प्रतिशत बोनस सेयर र १.०५३ प्रतिशत नगद लाभांश स्वीकृत गर्ने, संचालक समितिले प्रिमियममा सेयर जारी गर्न पेश गरको प्रस्ताव स्वीकृत गर्ने र सो सम्बन्धी आवश्यक अन्य प्रक्रियाहरु अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, जारी र चुक्ता पुँजीमा वृद्दि गर्न प्रबन्धपत्रको संशोधन स्वीकृत गर्ने, नेप्स र अन्य उपयुक्त संस्था एक आपसमा गाभ्नरगाभिन वा प्राप्ति गर्न उपयुक्त देखिएमा, संस्थाको चल अचल सम्पति र दावित्व तथा कारोबारको मुल्यांकनका लागि मूल्यांकनकर्ता नियुक्ती गर्ने, गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्झौता गर्न तथा सो सम्बन्धित आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विशेष प्रस्तावहरु पनि सभामा पारित गरिन्छ ।
Shares