शिव श्री हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थकागज
प्रकाशित: १५ साउन २०८२
Image description

काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडको १०० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन आज (साउन १५) गते बिहीबार हो। कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनका लागि साउन १६ गते, शुक्रबार एक दिनका लागि बुक क्लोज गर्नेछ।

यसअनुसार, आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १स्१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो। यो अनुसारले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबर, प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर जारी गर्नेछ। यस हकप्रद सेयर निष्काशनको बिक्री व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर