सिद्धार्थ बैंकको लाभांश घोषणा
प्रकाशित:
२१ असोज २०८२
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट लाभांश घाषणा गरेको छ ।
असोज २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) गरी कुल १०.५३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares