हिमालयन रिको सिइओमा उपासना पौडेल नियुक्त

अर्थकागज
प्रकाशित: १४ असोज २०८०
Image description

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेललाई नियुक्त गरेको छ ।

सिईओ चन्द्रशेखरनले दिएको राजीनामा स्वीकृत गर्दै कम्पनी सञ्चालक समितिको बैठकले पौडेललाई सिईओ नियुक्त गरेको हो । पौडेल २०७९ मंसिरमा हिमालयन रि इन्स्योरेन्स कम्पनीमा नै डेपुटी सिईआ नियुक्त भएकी थिइन् ।

पौडेलले युनाइटेडमा डेढ वर्ष सिइओ र डेढ वर्ष नायब प्रमुख कार्यकारी अधिकृत सहित तीन वर्ष काम गरिन् । भारतको दिल्ली युनिभर्सिटिबाट एमबिए गरेकी पौडेलले भारतकै आईसीआईसीआई लोम्बार्ड इन्स्योरेन्स र भारतीय एक्सामा एक दशक भन्दा लामो समय काम गरेकी थिइन् । भारतबाट उनि सिधै तत्कालिन सानिमा जनरलको सहायक महाप्रवन्धक पदमा रहेर काम गरेकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर