नेपाल पेमेन्ट सोलुसनले आईपिओ निष्काशन गर्ने
प्रकाशित:
२२ असोज २०८१
काठमांडौ । नेपाल पेमेन्ट सोलुसन लिमिटेडले आईपिओ निष्काशनको प्रस्तावसहित साधारणसभा आह्वान गरेको छ । कम्पनीको असोज २१ गते बसेको सञ्चालक समितीले आईपिओ निष्काशनको प्रस्ताव सहित साधारणसभा बोलाउने निर्णय गरेको हो ।
कम्पनीको बार्षिक साधारणसभा कार्तिक १४ गते बुधबार दिउँसो २ बजेदेखि कम्पनीको रजिष्टर्ड कार्यलय, गैरीधारा काठमांडौमा सुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाब, अध्यक्षको बार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगाएता ऐजेन्डा पारित गर्नेछ । त्यस्तै सभाले मर्जरका लागि संचालक समितीलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares