थारु होमस्टेले बयलगाडा सफारी आयोजना गर्ने
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १३ बहेडवा स्थित बहेडवा थारु सामुदयिक होमस्टेले यही फागुन २५ गतेको दिन बयलगाडा सफारी आयोजना गर्ने भएको छ ।
बहेडवा थारु सामुदयिक होमस्टेको सांस्कृतिक भवन निर्माण गर्नकालागि यो कार्यक्रम गर्न लागेको जानकारी दिंदै होमस्टेका अधयक्ष भगवानसिं चौधरीले थारु पकवानको स्वाद सहित शिवरात्रीका दिन पाहुनाहरु तथा अन्य इच्छुकहरुकालागि लक्षित गरेर आयोजना गर्न लागेको बताए ।
बयलगाडा (स्थानीय भाषामा लहरु) सफारी शिवरात्रीका दिन बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म संचालन गरिने र कसैलेरिजर्व गर्न चाहेमा रु् ५ सय, प्रतिव्यक्ति शुल्क रु. १ सय, थारु भेषभुष ोशाक सहित रु. २ सय ५०, थारु खाजासेट सहित रं २ सय प्रतिव्यक्ति शुलक तोकिएको अध्यक्ष चौधरीले बताए ।
२ किलोमिटर दुरीमा बयलगाडा सफारी संचालन गरिने जानकारी दिंदै यसकालागि बुकिङ खुला गरिएको र यसबाट उठेको रकमले थारु सामुदायिक होमस्टेको सांस्कृतिक भवन निर्माणमा खर्च गरिने उनले बताए ।
पुरानो समयको ग्रामिण क्षेत्रको भरपर्दो सवारी साधनका रुपमा रहेको बयलगाडा अहिले प्राय जसो तराईका गाउँघरबाट विस्थापित हुँदै गएकोर यसको महत्व समेत हिजोआज कम हुँदै गएको समयमा नयाँ पुस्तालाई पहिलेको सवारी साधन तथा भारी बोक्ने साधन कस्तो थियो भन्ने बुझाउन देखाउन पनि बयलगाडा सफारीको आयोजना गर्न लागिएको अध्यक्ष चौधरीले बताए ।
अहिले पनि उदयपुरको गाईघाट, हडिया, जोगीदह, सुन्दरपुर, आमबासी, तपेश्वरी, रामपुर ठोक्सिला लगायतका गाउँहरुमा केही व्यक्तिहरुले बयलगाडामा सामान ओसार पसार गर्नुका साथै बाँस बोक्ने विभिन्न अन्नबाली बोक्ने, हाटबजारमा सामान बिक्री गर्न लैजाने गरेको देख्न सकिन्छ ।
बहेडवा थारु होमस्टे त्रियुगा नपा १३ को आयोजना र जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ उदयपुरको समन्वयमा बयलगाडा सफारीको आयोजना गरिएको अध्यक्ष चौधरीले बताए ।
Shares