प्राइम कमर्शियल बैंकको लाभांश घोषणा
प्रकाशित:
१० कात्तिक २०८१
काठमाडौं । प्राइम कमर्शियल बैंकले लाभांश घोषणा गरेको छ। बैंकको आज कार्तिक ११ गते बिहान ९:३० बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले कुल ९७ करोड १ लाख २८ हजार ७ सय ८६ रुपैयाँ लाभांश वितरण गर्ने छ ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares