गणेश नेपालीको उपचारको क्रममा मृत्यु
प्रकाशित:
२५ असार २०८३
काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारको क्रममा मृत्यु भएको छ ।
नेपालीको वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको हो ।
हाल भक्तपुर बसिरहेका मुगुको सोरू गाउँपालिका-२ का २५ वर्षीय नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी मोटरसाइकल पार्किङको विषयमा महानगर प्रहरीसँग विवाद भएपछि आफ्नो शरीरमा आगो लगाएका थिए ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares