यि साइटबाट हेर्नुहोस् हाथवे इन्भेष्टमेन्टको आइपीओको नतिजा, लक्की नम्बर २ र ४ !
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका आईपीओ लक्की नम्वर २ र ४ रहेको छ । धितोपत्र निश्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो ।
हाथवे इन्भेष्टमेन्टको आइपीओमा १३ लाख २४ हजार ४११ जनाले ३ करोड १२ लाख ५६ हजार ९२० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा १२.८७ गुणाले बढी हो ।
जसअनुसार कम्पनीले ५० रुपैयाँ अंकित दरका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्री गरेको छ । कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५८ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ । कम्पनीले भदौ २१ गतेदेखि भदौ २५गतेसम्म आईपीओ निश्कासन गरेको थियो ।
यि साइटबाट रिजल्ट हेर्नुहास्
बाँडफाँडको नतिजा ग्लोबल आईएमई क्यापिटलको वेवसाइट https://globalimecapital.com/ipo-fpo-share-allotment-check
तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने व्यवस्था मिलाईएको छ ।
आईपीओको रिजल्ट हेर्न भने केही समय कुर्नु पर्ने क्यापिटलले जनाएको छ ।
Shares