सानिमा माई हाइड्रोपावरको नाफा बढ्यो, प्रतिसेयर आम्दानी २१.६३ रुपैयाँ

अर्थकागज
प्रकाशित: २४ माघ २०८०
Image description

काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

यस अवधिमा कम्पनीले ३३ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३९ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३२ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको बिद्युत बिक्रि आम्दानी भने १.१३ प्रतिशतले घटेर ४९ करोड ९२ लाख रुपैयाँ रुपैयाँ पुगेको छ। त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च भने २०.२९ प्रतिशत घटेको छ। बित्तिय खर्च खट्दा कम्पनीको नाफामा सकारात्मक प्रभाव परेको देखिन्छ ।

३ अर्ब आठ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भको आकार १ अर्ब ३४ करोडको रहेको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपिएस) बढेर २१ रुपैयाँ ६३ पैसा पुगेको छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ १८९.१० रुपैयाँ रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर