राष्ट्रिय बीमा कम्पनीको साधारणसभा आह्वान

अर्थकागज
प्रकाशित: १४ पुस २०८१
Image description

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही पुस २४ गते आफ्नो दोस्रो वार्षिक साधारणसभा गर्न लागेको हो । कम्पनी मंसिर २७ गते बसेको सञ्चालक समितिको चार सय १८ औँ बैठकले काठमाडौं शंखमूलस्थित अनमोल क्याटरिङमा दोस्रो वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । साधारणसभामा आर्थिक वर्ष २०७३-७४ र २०७४-७५ को वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि १८ देखि २४ पुससम्म कम्पनीको सेयर दर्ता किताब बन्द रहने  छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर