भिजन लुम्बिनी उर्जाको आईपीओको लक्की नम्वर ६ र ८, नतिजा यहाँबाट हेर्नुहोस्
काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ आज बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको आफ्नै कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा आईपीओ बाँडफाँट सम्पन्न भएको हो । गोलाप्रथाबाट आइपीओ बाँडफाँट भएको थियो । आईपीको लक्की नम्वर ६ र ८ रहेको छ ।
यस आईपीओमा ११ लाख ९४ हजार ८२० जनाले कुल १ करोड ३५ लाख ७६ हजार १६० कित्ताका लागि आवेदन दिएका थिए । जसमा २ लाख ७ हजार ५२८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ९ लाख ८७ हजार २९२ जनाको भने हात खाली हुनेछ । यस कम्पनीले कात्तिक १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि कुल २० लाख ७५ हजार २८५ कत्ता साधारण सेयर निष्कासन गरेको थियो । यस कम्पनीले स्थानीय बासिन्दाले आवेदन नदिएको ४ लाख ८७ हजार ९१० कित्ता सेयरसमेत थप गरेर सर्वसाधारणलाई उक्त आइपीओ बिक्रीमा ल्याएको हो ।
यहाँबाट नतिजा हेनुहोस
लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आईपीओेको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ ।
प्रतिक्रियाहरू
Santosh bk
2 years ago
IPO kahile pardaina khoi k ho
Nischal ThPa magar
2 years ago
Aru bhanda ramro hoss laganikartako aas niras n banos tye ho🙏🙏
देबकी घिमिरे
2 years ago
Ipo
Hemanth Kumar yadav
2 years ago
Reasult
Surya kumar rai
2 years ago
Mero ipo pareko xa ki xaen kasri herne ho jankari pauna
Jit Bahadur Chaudhary
2 years ago
Ipo result
Lalit kumar yadav
2 years ago
Result
Chakra bhat
2 years ago
Ipo check
Shares