घलेम्दी हाइड्रोको अक्सन सेयर किन्ने सुनौलो मौका, ६३ मेगावाटको छुजुङ खोला जलविद्युत आयोजनाको आम्दानीबाट सेयरधनीलाई लाभांश खुवाउने रणनीति

अर्थकागज
प्रकाशित: २० माघ २०८०
Image description

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले माघ ९ गतेदेखि निष्कासन गरेको अक्सन सेयर अर्थात लिलामी सेयरमा बोलकबोल लगाउनुभयो ? बोलकबोल लगाई सस्तोमा अक्सन सेयर भर्ने मौका नछुटाउनु होला । पुँजी बजारले विस्तारै आफ्नो लय समादै गरेको अवस्थामा थेरै लगानीबाट लगानीकर्ताले घलेम्दी हाइड्रोको अक्सन सेयरबाट धेरै भन्दा धेरै फाइदा कमाउने यो सुनौलो अवसर हुनसक्छ ।

कम्पनीले ३२ लाख १७ हजार कित्ता सेयर लिलामीमा निष्कासन गरेको छ । यस अघि कम्पनीले १ बराबर २ अनुपातमा निष्काशन हकप्रद सेयर निष्कासन गरेको थियो । उक्त समयमा नविकेको हकप्रद सेयर अहिले लिलामीमा बिक्री खुला गरेको हो ।

कम्पनीले सर्वसाधारण समूहको ३२ लाख १७ हजार ७२४ कित्ता सेयर शिलबन्दी बोलपत्र प्रक्रिया मार्फत बिक्री गर्न माघ ९ गतेदेखि २३ गतेसम्म बोलपत्र पेश गर्न मिति तोकेको छ ।

सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सबै सेयर संख्याका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले जारी गरेको हकप्रद निष्कासनबाट जम्मा भएको रकमले कम्पनीले संखुवासभामा रहेको ४ घण्टा अर्थजलासययुक्त ६३ मेगावाट क्षमताको छुजुङ खोला जलविद्युत आयोजनामा लगानी गर्नेछ । घलेम्दी हाइड्रो लिमिटेडको यस आकर्षक छुजुङ खोला जलविद्युत आयोजनामा ५१ प्रतिशत सेयर कायम हुनेछ । निटक भविश्यमै सेयरधनीलाई प्रतिफिल दिने गरी काम भैइरहेको कम्पनीले जनाएको छ ।

 कहाँबाट आवेदन दिने ?

इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दाङ, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडलाई तोकेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर