महालक्ष्मी विकास बैंकको सिईओ दिपेश लम्सालको तलव /भत्ता १ करोड २५ लाख ७१ हजार
काठमाडौं । महालक्ष्मी विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सिईओ) दिपेश लम्साललाई आर्थिक वर्ष २०८१/८२ मा तलव भत्ता बापत १ करोड २५ लाख ७१ हजार १६६ रुपैयाँ भुक्तानी गरेको छ । सिईओ लम्सालले लिएको सेवा र सुविधा जुन बाणिज्य बैंकको सिईओ भन्दा कम छैन् । बैंकको बार्षिक प्रतिवेदन अनुसार बैंकको सिईओ लम्सालले तलव ५१ लख ४८ हजार रुपैयाँ, संचय कोष ५ लाख १४ हजार ८ सय रुपैयाँ, दशैं भत्ता ७ लाख १५ हजार रुपैयाँ, भत्ता ४८ लाख ६२ हजार रुपैयाँ, कर्मचारी बोनस १२ लाख ७१ हजार ५४३ रुपैयाँ र अन्य ५९ हजार ८२० रुपैयाँ गरी कुल १ करोड २५ लाख ७१ हजार १६३ रुपैयाँ बुझेका छन् ।
सिईओ लम्साले तलव भत्ता बाहेक बैंकको नियमन अनुसार औषधि खर्च, जीवन बीमा, सवारी साधान, इन्धन खर्च तथा मोबाइल खर्चको रुपमा मोटो रकम लिलै आएको बैंकका एक कर्मचारीले सुनाए । सेयरधनीलाई १०.३७ प्रतिशत लाभांश दिएको बैंकले सिईओ लम्सालाई वर्षमा करोडौं रकम तलव भत्ता दिनुमा सेयरधनीहरुले चर्काे विरोध समेत गरेका छन् । सेयरधनी डमरु बल्लभ घिमिरेको अनुसार सिईओको तलव भत्ता अनुसार सेयरधनीलाई लाभांश कम भएको छ । बैंकका संचालकले के त सिईओको तलव भत्ता घटाउनु पर्यो कि त सेयरधनीलाई लाभांश बढाउनु पर्यो होइन भने सिईओ र संचालकले मात्र बैंकले कमाएको पैसा कुम्ल्याउने महालक्ष्मी विकास बैंकको यो रणनीतिप्रति सेयरधनी घिमिरेले खुलेर विरोध गरेका छन् ।
पछिल्लो समय महालक्ष्मी विकास बैंकको छविमा समेत दाग लगाउने काम यहाँका कर्मचारीहरुले गर्दै आईरहेका छन् । विशेष गरी कर्जा प्रवाहमा देखिएको विकृतिले यति बेला बैंकको छवि दिनप्रतिदिन खस्कदै गएको छ । बैंकको संचालक र व्यवस्थापनको रजाईको विरोध आम सेयरधनीले साधारणसभामा गर्नु पर्ने देखिन्छ । बैंकले बार्षिक साधारणसभा पुष २१ गते त्रिभुवन आर्मी अफिसर्सक्लब भद्रकालीमा विहान १० बजे गर्दैछ ।
Shares