एभरेष्ट बैंकले शुरु गर्यो अफलाइन भुक्तानी सेवा

अर्थकागज
प्रकाशित: २७ साउन २०८०
Image description

काठमाडौं । विशेष कार्यक्रमकाबीच बैंकका नायब महाप्रबन्धक आशुतोष शर्मा र फोन पे नेपालका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाले सो सेवाको उद्घाटन गरे । कार्यक्रममा बैंकका डिजिटल बैंकिङ्ग विभाग प्रमुख शंकर पोखरेल र फोन पे का अन्य विशिष्ट अधिकृतहरुको समेत उपस्थिति थियो ।

समारोहमा बैंकका नायब महाप्रबन्धक शर्माले अफलाइन भुक्तानी सुविधाले ग्राहक सुविधा र ग्राहक केन्द्रित नयाँ उर्जा थपेको र नेपाली बैंकिङ्ग भविष्यलाई समेत नयाँ आकार दिएको बताए । साथै फाने पे का प्रमुख कार्यकारी अधिकृतसापकोटाले यस सुविधाबाट इन्टरनेटको सीमाहरुलाई पार गरी आधुनिक बैंकिङ्गमा नयाँ आयाम थपिने बताए ।

हालको लागि उक्त सुविधा एनएफसी प्रविधि भएको एन्ड्रोइड फोनहरुमा मात्रै उपलब्ध हुनेछ । यस सेवालाई ग्राहकहरुले सर्वप्रथम आफ्नो एपमा सेट गरी आफ्नो स्मार्टफोनलाई ब्यापारीको स्मार्टफोनमा ट्याप गरी सजिलै भुक्तानी प्रक्रिया पूरा हुनेछ भने व्यापारी तथा व्यवसायीहरुले आफुसंग भएको ‘फोन पे बिजनेस एप’बाट भुक्तानी स्वीकार गर्न सक्नेछन् ।

बैंकले १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६२ एटीएम र नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर