सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदनको ओइरो, कति पर्यो आवेदन ?

अर्थकागज
प्रकाशित: १३ फागुन २०८०
Image description

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको आइपीओमा निष्काशनको दोस्रो दिन ४ लाख भन्दा बढीको आवेदन परेको छ । यो आइपीओ पहिलो दिनमै ३ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको थियो । उक्त आइपीओमा आज ४ लाख ७ हजार ७११ जनाले आवेदन दिएका छन् । कम्पनीको आइपीओमा २ करोड २२ लाख २३० कित्ताका लागि ८ अर्ब १ करोड २० लाख ६३ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । कम्पनीले आज फागुन १३ गतेदेखि आइपीओ निष्काशन गरेको हो । कम्पनीले यसअघि उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरी बाँडफाँड गरिसकेको छ । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गको हो । कम्पनीको आइपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ। लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आइपीओमा छिटोमा फागुन १६ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सकिनेछ । शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तयि दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै सिडिएस एण्ड क्लिरिङ्गद्वारा सञ्चालित सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।


प्रतिक्रियाहरू

Natraj bachat tatha rin sahakari sanshtha limited

2 years ago

Yas KO bisesta kex

सम्बन्धित खबर