एभरेष्ट बैंकको साधारणसभा आज, लाभांश सहित यी प्रस्ताव पारित हुने

अर्थकागज
प्रकाशित: १९ असोज २०८१
Image description

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३० औँ बार्षिक साधारणसभा आज असोज २० गते आइतबार आम्रपाली ब्याक्वेटमा बिहान ११ बजेदेखि सुरु हुन्छ ।

सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ५.५३ प्रतिशत नगद लाभंश गरि कुल १५.५३ प्रतिशत लाभांश पारित गर्नेछ ।

त्यस्तै सभाले अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८१ साल आषाढ ३१ गतेको वासलात, नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्नेछ ।

त्यसै गरी सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना संचालकको निर्वाचन गर्ने र चालु आर्थिक बर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

बैंकले साधारणसभा प्रयोजनको लागि असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो त्यसैले असोज ७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर