रातोपाटीकर्मी श्रेष्ठलाई शारदा–ढुण्डीराज नाफिज पत्रकारिता पुरस्कार

अर्थकागज
प्रकाशित: १८ कात्तिक २०८०
Image description

रातोपाटीकर्मी प्रयास श्रेष्ठ शारदा–ढुण्डीराज नाफिज पत्रकारिता पुरस्कारबाट पुरष्किृत भएका छन् ।

नेपालमा उत्पादन हुँदै आएको विद्युतीय मोटरसाइकल ‘यात्री’ बारे राटोपाटीमा समाचार लेखेका श्रेष्ठले १ लाख रुपैयाँ नगदसहितको शारदा–ढुण्डीराज नाफिज पत्रकारिता पुरस्कार पाएका हुन् ।

श्रेष्ठले रातोपाटीमा ‘नेपालमा उत्पादित सवारी साधनले दर्ता नै पाउँदैनन्,’ शीर्षकको समाचार लेखेका थिए । उक्त समाचारपछि यात्री बाइकले दर्ता पाउनुपर्ने दबाब चौतर्फी बढेपछि सरकारले दर्ता सुरु गरेको थियो ।

नाफिजबाट प्रत्येक वर्ष दिइँदै आएको यो पुरस्कारका लागि १६ जनाको आवेदन परेको थियो । यस्तै, सीबीफीन–नाफिज बैंकिङ पुरस्कारबाट रोयल आचार्य र सीबीफीन–नाफिज आर्थिक पत्रकारिता पुरस्कारबाट सन्तोष रोकाया पुरस्कृत भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर