छ्याङ्दी हाइड्रोपावरको सेयरधनीलाई लगानीको अवसर, जेठ २३ देखि हकप्रद बिक्री खुला

अर्थकागज
प्रकाशित: ०६ जेठ २०८२
Image description

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले यही जेठ २३ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएबमोजिम प्रतिकित्ता १०० रुपियाँका दरले ३८ लाख ९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । जसबाट ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपियाँ संकलन हुनेछ ।  हकप्रद निष्कासन प्रयोजनाका लागि कम्पनीले जेठ २ गते बुक क्लोज गरिसकेको छ । जेठ १ गतेसम्म कायम शेयरधनीले मात्रै यसमा आवेदन दिन पाउनेछन् । आवेदन असार १२ गतेसम्म आवेदन दिन सकिनेछ । दोस्र्रो बजारमा यस कम्पनीको मूल्य प्रतिकित्ता ३०४ रुपैयाँमा काकारोबार भैरहेको छ । 

प्रतिक्रियाहरू

* * * <a href="http://lebertcipher.ru/index.php?ctgs03">Snag Your Free Gift</a> * * * hs=d49f5b5dd10f9a135dfaa0369e800158* ххх*

10 months ago

tlj65f

* * * Unlock Free Spins Today: http://lebertcipher.ru/index.php?ctgs03 * * * hs=d49f5b5dd10f9a135dfaa0369e800158* ххх*

10 months ago

tlj65f

सम्बन्धित खबर