नेपाल एसबिआई बैंक र बुद्ध एयरबीच सम्झौता, टिकटमा ८ प्रतिशत छुट

अर्थकागज
प्रकाशित: १६ भदौ २०८१
Image description

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड र बुद्ध एयर प्राईभेट लिमिटेडबीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी एयर टिकटमा ८ प्रतिशत सम्म छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतापत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दिपक कुमार देको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कुमार पंडा र बुद्ध एयरका. संचालक (Marketing/Sales), रुपेश जोशीले हस्ताक्षर गरेका थिए । उक्त कार्यक्रममा बैंकका सल्लाहकार, छपिराज पंत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल, दरबारमार्ग मुख्य शाखाका शाखा प्रबन्धक, प्रबिन मुनि बज्रचार्य लगायतको उपस्थिति थियो ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर