आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ को लाभांश घोषणा
प्रकाशित:
२५ भदौ २०८१
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको कोष प्रवद्र्धक रही आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको आरविवि म्युचुअल फण्ड अन्र्तगत सञ्चालित बन्दमुखी योजना आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ ले लाभांश घोषणा गरेको छ । कम्पनीले आ.व.२०८०/०८१ को लागी योजनाको इकाईधनीहरुलाई कर सहित क्रमश : ३.८१% र ८.७४% का दरले योजनाको प्रतीफल वितरण गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको देश भर रहेका २९४ वटा शाखा कार्यालयहरुबाट हितग्राही तथा मेरो शेयर खाता खोल्ने कार्य भैरहेको छ । कम्पनीले दुरदराजमा रहेका लगानीकर्तालाई हितग्राही खाता खोली लगानीको अवसर प्रदान गर्दै आइरहेको छ । आर्थिक वर्ष २०८०/८१ को मसान्त सम्ममा हितग्राही खाताको संख्यामा बृद्धि भै करिब दुई लाख पुग्न लागेको र मेरो शेयरको ग्राहकको संख्या डेढ लाख माथी पुगेको छ । यस कम्पनीले १५ वटा कम्पनीहरुको शेयर रजिष्ट्रारको कार्य गर्दै आईरहेको । यस कम्पनीले विभिन्न संस्थाको ईस्यु (IPO, FPO, Right, Underwriting) को व्यवस्थापनको कार्यहरु गर्दै आएको । यस कम्पनीले संस्थागत तथा व्यक्तिगत ग्राहकहरुको संख्यामा उल्लेखिय रुपमा बृद्धि गर्दै लगानी व्यवस्थापनको कार्य गर्दै आईरहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares