गरिमा विकास बैंकको नाफामा सुधार, अधिकांश सूचक सकारात्मक

प्रकाशित:
०९ वैशाख २०८१

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार बैंकको नाफामा सामान्य बृद्धि देखिएको छ ।
समिक्षा अवधिमा बैंकले ६८ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.५८ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६५ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ५.५७ प्रतिशतले बढेको छ भने बैंकको खुद सञ्चालन आम्दानी ४.८९ प्रतिशतले बढेर ९७ करोड ५७ लाख रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा २.९५ प्रतिशतबाट बढेर २.९७ प्रतिशतमा झरेको छ ।
बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ५५ पैसा रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares