कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यले बनायो रेकर्डमाथि रेकर्ड
प्रकाशित:
२६ कात्तिक २०८१
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको सेयर मूल्यले रेकर्डमाथि रेकर्ड बनाएको छ । नेप्सेमा लिष्टिङ भएको जलविद्युत कम्पनीहरुमध्ये सवै भन्दा धेरै मूल्यमा कारोबार भएसँगै रेर्कड बनाएको हो । दोस्रो बजारमा यस कम्पनीको सेयर मुल्य आज अर्थात मंगलबार ३ हजार ९९ रुयौयाँमा कारोबार बन्द भएको छ । ११.२४ अंकले घटेको बजारमा यस कम्पनीको सेयर मूल्य ७.१९ प्रतिशतले बढेको छ । यो सेयर बजारको इतिहासमा पहिलो पटक जलविद्युत कम्पनीको सेयर मूल्यमा सवै भन्दो उच्च हो । आज मात्रै यस कम्पनीको प्रतिकित्ता २०८ रुपैयाँले बढेको छ । कम्पनीले पहिलो त्रैमासिक वित्तीय विवरण भने सार्वजनिक गरेको छैन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares