प्राइम कमर्सियल बैंक मर्जरमा जाने, बोलायो प्राइम कमर्सियल बैंकलेसाधारणसभा

अर्थकागज
प्रकाशित: ०८ पुस २०८२
Image description

फोटो गत आर्थिक वर्षको बार्षिक साधारणसभाबाट साभार

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि अठारौं वार्षिक साधारणसभा बोलाएको छ।

सभाले चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित गर्नेछ। साथै अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान र बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

त्यसैगरी गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नाक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र १ जना सर्वसाधारण शेयरधनी निर्वाचन गर्नेछ।

बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस २१ गते एक दिनका लागि बैंकको शेयर दाखिला खारेज (बूक क्लोज) गर्ने निर्णय गरेको जानकारी दिएको छ।


प्रतिक्रियाहरू

Dolaraj Sharma

6 months ago

गते मिति किन गलत

सम्बन्धित खबर