अञ्जु श्रेष्ठ हिमालयन एभरेष्टको कामु सिईओ

अर्थकागज
प्रकाशित: १३ असार २०८१
Image description

काठमाडौं । सञ्चालक समितिले सिईओ बिजय बहादुर शाहलाई बर्खास्त गरेपछि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारी अञ्जु श्रेष्ठले पाएकी छिन् ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले आज असार १३ गतेदेखि लागू हुने गरी डेपुटी सिईओ अञ्जु श्रेष्ठलाई कामु सिईओको जिम्मेवारी तोकेको हो । अञ्जु श्रेष्ठ लामो समयदेखि निर्जीवन बीमा क्षेत्रमा काम गर्दै आइरहेकी छिन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर