नेप्सेमा ३ कम्पनीको आईपीओ सूचीकृत

अर्थकागज
प्रकाशित: २५ साउन २०८०
Image description

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार तीन कम्पनीको  आईपीओ सूचीकृत भएको छ । नेप्सेको अनुसार घोराही सिमेन्ट कम्पनी, थ्रीस्टार हाइड्रोपावर र अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ सूचीकृत भएको हो । यि ३ वटै कम्पनीको सेयर कारोबार आइतबारदेखि सुरु हुनेछ । 

घोराही सिमेन्ट कम्पनी

घोराही सिमेन्टको ३ करोड ९७ लाख १९ हजार ६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । यसको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता २२६.६१ रुपैयाँदेखि ६७९.८३ कित्तासम्म ओपनिङ रेन्ज तोकेको छ । नेप्सेले ‘GcIL’ संकेत दिएको छ । 

थ्रीस्टार हाइड्रोपावर

थ्रीस्टार हाइड्रोपावरको पनि कुल ४९ लाख २५ हजार कित्ता सेयर सूचीकृत भएको छ । नप्सेले यसकोे पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता ८५.६५ रुपैयाँदेखि २५६.९५ कित्तासम्म ओपनिङ रेन्ज तोकेको छ । सेयर कारोबारका लागि ‘(TSHL’ संकेत दिएको छ ।

अप्पर स्याङ्गे हाइड्रोपावर

अप्पर स्याङ्गे हाइड्रोपावरको पनि कुल २२ लाख कित्ता सेयर बिहीबार सूचीकृत भएको छ । यसको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता ८४.५४ रुपैयाँदेखि २५३.६२ कित्तासम्म ओपनिङ रेन्ज तोकेको छ । सेयर कारोबारका लागि ‘USHL’ संकेत दिएको छ । 


प्रतिक्रियाहरू

सम्बन्धित खबर