सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

अर्थकागज
प्रकाशित: ०७ असार २०८२
Image description

काठमाडौं । सिद्धार्थ बैंक संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले दुई जना संस्थापक सेयरधनीको नाममा रहेको कुल १ लाख ७६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकको यो सेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । यसअघि संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्री खुलाइसकिएको छ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित आफूले खरिद गर्न चाहेको सेयर संख्याको व्यहोरा खुलाई ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा निवेदन दिनुपर्नेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर