सगरमाथा लुम्बिनी इन्स्योरेन्सको साधारणसभा आज, के के छन् प्रस्ताव ?

प्रकाशित:
२७ चैत २०८०

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको २७ औँ वार्षिक साधारणसभा आज चैत २७ गते अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभाले गत आर्थिक बर्षको मुनाफाबाट कर सहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । साधारण सभामा कम्पनीको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।साथै, साभले संस्थापकबाट ४ र सर्वसाधारणबाट २ जना सञ्चालक निर्वाचित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत १३ गते बुक क्लोज गरेको थियो त्यसैले चैत १२ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश र साधारणसभाका सहभागि हुन सक्नेछन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares