१५० प्रतिशत हकप्रद पारितको अन्तिम तयारीमा आँखुखोला जलविद्युत कम्पनी, पुस २० गते साधारणसभा

अर्थकागज
प्रकाशित: ०५ पुस २०८०
Image description

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले पुस २० गते शुक्रबार बैभब पाटी प्यालेस मैतीदेबीमा १६ ओैँ बार्षिक साधारण सभा बोलाएको छ । उक्त राधारण सभा बिहान ११ बजे सुरु हुने छ । उक्त सभामा सर्बसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने १ जना सर्बसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको निर्बाचन गर्ने, लेखापरिक्षक नियुक्ति गर्नेका साथै सञ्चालक समितिको निर्णयअनुसार कंम्पनीले आफ्ना सेयरधनीहरु लाई चुक्ता पूँजी ८० करोड रुपयाको १ः१.५ अर्थात १००ः १५० प्रतिशतको अनुपातमा हकप्रद जारी गर्न लागिएको छ । हकप्रद निष्काशन गर्नका लागी नबिल ईन्भेष्टमेन्ट बैंकिंग लिमिटेड लाई सेयर निष्काशन तथा बिक्रि प्रबन्धक र सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरिसकेको छ ।
बिद्युत नियमन आयोगले कंम्पनीलाई १५० प्रतिशत हकप्रद निष्कासनको अनुमती पाईसकेको कंम्पनीले अन्तिम स्वीकृतिको लागि नेपाल धितोपत्र बोडमा पेश गरिसकेको छ । धितोप त्रबोडले पछिल्लो समय आईपीओ र हकप्रद निष्काशनको लागि कात्तिक १ गतेबाट आबेदन स्थगित गरेको भएपनि पहिलै दर्ता भैसकेका कम्पनीले छिटै स्विकृती पाउने तयारिमा छ । नेपालको सेयर वजार बुलिस चरणमा हुँदा हकप्रद सेयर लगानीकर्ताको रोजाईमा पर्दैआएको पाईन्छ ।
नेपाको सेयर वजारमा कम्पनीले दिने हकप्रद र बोनस सेयरमा लगानीकर्ताको अत्याधिक रोजाईमा परेको पाईन्छ । त्यहि आकर्षणले गर्दा कम्पनीले राईट सेयर घोषणा गर्दा होस वा बोनस सेयर घोषणा गर्दा लगानीकर्ताहरु उक्त कंम्पनी किन्न हारालुट गर्छन् । जुन नेपालको सेयर वजारमा लगानीकर्ताको उक्त मनोबिज्ञान देख्न पाईन्छ ।
आँखुखोला (AKJCl) कम्पनीका विद्युत उत्पादन क्षमता ८.४ मेगावाट रहेको छ भने उक्त उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान भैसकेको छ । ८० करोड चुक्तापूँजी भएको कम्पनीको यस आर्थिक बर्षको प्रथम त्रैमासिक बित्तिय बिबरण अनुसार प्रतिसेयर आम्दानि ४ रुपैया ८४ पैसा रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर