लगानीकर्ता नबराज घिमिरेको गभर्नरलाई पत्र ! 'हजुरकै कार्यकालमा नेप्से ३२०० बिन्दु नजिक पुगेकै हो, हजुरकै कार्यकालमा त्यो अंकलाई उछिन्नेमा म आशावादी छु'

अर्थकागज
प्रकाशित: २१ मंसिर २०८०
Image description

गभर्नर ज्यू नमस्कार !

सर्वप्रथम यहाँलाई साधुवाद छ ।  प्रथम त्रैमासमा ल्याउनु भएको मौद्रिक नीतिको समिक्षा केही ढिलो गरी सार्वजनिक भए पनि घरजग्गा र सेयर मार्केटको लागि उति सार्हो नराम्रो भन्न सकिने अबस्था रहँदैन । बिस्तार बिस्तार गाँठो फुकाउदै लौजानु भएको मैले महँशुस गरें । जुन यहाँले यो समिक्षा मार्फत लिनु भएको कदम स्वागत योग्य छ , बाँकी अन्य त्रैमासहरुका समिक्षाहरुमा झनै खुकुलो हुँदै जानेछ भन्नेमा म बिश्वस्त छु ।

किनकी हजुरले अर्थतन्त्रको बिषयमा देश बिदेश दुनिया जाने बुझेको हुनुहुन्छ र त देश, काल, परिस्थिती अनुसार फुकेर कदम चाल्नु हुन्छ ।मैले हजुरको गत श्रावण ८ गते खुलेर बिरोध गरेको थिएँ । किनकी यहाँले २०८०/०८१को मौद्रिक नीति सार्वजनिक गरिरहँदा म लगाएत तमाम सेयर धनि र घर जग्गा कारोबारी रुष्ठ थियौं । तर हजुरले समय समयमा एकिकृत निर्देशिका मार्फत होस् वा समिक्षा मार्फत होस् सेयर बजार र घर जग्गा कारोबारलाई सहजिकरण गरेकै ठाने म बबुरोले ।

गभर्नर ज्यू ,

अब हजुरको कार्यकालमा एउटा मात्रै मौद्रिक नीति आउने छ । त्यो नीति मार्फत यति सहजिकरण गरिदिनुसकी यो ४ बर्षमा हजुरलाई Negative Comment गर्नेले पनि हजुरको याद गरिरहुन जो त्यो कोटीमा म समेत पर्दछु ।तथापी हजुरले आगामी समिक्षा मार्फत होस् वा २०८१/०८२ को मौद्रिक नीति मार्फत नै किन नहोस् ब्यक्तिगत रुपमा राम्रो ल्याउनु हुन्छ भन्नेमा म यो आजको समिक्षा पढेर ढुक्क भएको छु ।

अन्तमा गभर्नर ज्यू , हजुरकै कार्यकालमा नेप्से अल टाईम हाई अर्थात ३२०० बिन्दु नजिक पुगेकै हो भने हजुरकै सकिदो कार्यकालमा त्यो अंकलाई उछिन्ने छ भन्नेमा म आशावादी छु । आगे हजुरकै मर्जि !

नबराज घिमिरे

सचिब

सुर्योदय कोलोनी

बुढानिलकण्ठ नपा वडा नं. -१०

सम्पर्क नं. ९८५१०३५९९६ कममा हेर्नुहोस्

प्रतिक्रियाहरू

सम्बन्धित खबर