सुन एकैदिन तोलाको १० हजार ४ सयले बढ्यो

अर्थकागज
प्रकाशित: ०७ माघ २०८२
Image description

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको तोलाको १० हजार ४ सयले बढेर तोलाको २ लाख ९५ हजार १०० मा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि मंगलबार सुन तोलाको २ लाख ८४ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर तोलाको ५९२० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५८८० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर