सन नेपाल लाइफ इन्स्योरेन्सको २०.२६३२ प्रतिशत लाभांश घोषणा

अर्थकागज
प्रकाशित: ०२ पुस २०८२
Image description

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस २ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१ ८२ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २०.२६३२ प्रतिशतको  दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ५ प्रतिशत बोनस शेयर रहेको छ भने १५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर