एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

अर्थकागज
प्रकाशित: १९ पुस २०८२
Image description

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ।बैंकले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ ।पुस २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो।

हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ रहेको छ। यस अनुसार बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँबराबरको ७ लाख ४५ हजार ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा हकप्रद सेयर निष्काशन गरिनेछ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर