सेयधनीलाई लगानीको पुन : अवसर ! पिपुल्स पावरको ५० प्रतिशत हकप्रद बिक्री खुला

अर्थकागज
प्रकाशित: २१ असार २०८२
Image description

काठमाडौं । पिपुल्स पावर लिमिटेडले आज (असार २२ गते) देखि हकप्रद सेयर निष्कासन गर्दैछ ।

कम्पनीले चुक्ता पुँजी ६३ करोड २६ लाख रुपियाँको ५० प्रतिशत अर्थात् १ः ०।५० (१० कित्ताबराबर नयाँ ५ कित्ता) को अनुपातमा प्रतिकित्ता १०० रूपियाँका दरले ३१ लाख ६३ हजार कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।

कम्पनीको हकप्रदमा साउन ११ गतेसम्म आवेदन दिन पाइनेछ । हकप्रद प्रयोजनार्थ कम्पनीले असार २ गते बुक क्लोज गरिसकेको छ । त्यसको अघिल्लो दिनसम्म कायम शेयरधनीहरूले मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् ।

कम्पनीको हकप्रद निष्कासक तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर