आज सुनचाँदीको भाउ कति ?
प्रकाशित:
०३ असार २०८१
काठमाडौं । आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । सोमबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।
आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य तोलाको १५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २१ हजार ९१५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २१ हजार ३१५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५५६ रुपैयाँ तोकेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares