असोज मसान्तको दबाब र दशैं खर्चको जोहो गर्दा बजारमा आयो सेलिङ्ग प्रेसर

अर्थकागज
प्रकाशित: २५ असोज २०८०
Image description

काठमाडौं । सेयर बजारमा आज अर्थात बिहीबार सेलिङ्ग प्रेसर आएको छ । बजार २०.१६ अंकले घटेको छ । बजारमा सेलिङ्ग प्रेसर आउँदा १ अर्ब ७० करोड भन्दा बढीको कारोबार भएको छ ।

नेपालीहरुको महान पर्व विजय दशै नजिकिएसँगै बजारमा सेलिङ्ग प्रेसर आएको लगानीकर्ता राजु पौडेलले बताउँछन् । लगानीकर्तालार्ई असोज मसान्तमा बैंकको साँवा,ब्याज र कर बुझाउनको पैसा जोहो गर्नको लागि आज सेलिङ्ग प्रेसर आएको लगानीकर्ता पौडेलको तर्क छ ।

बजारमा सेलिङ्ग प्रेसर आउनुको अर्को कारण आजसम्म बेचेको सेयरको पैसा दशैं अघि खातामा आउनु  पनि एक हो । लगानीकर्ताले सेयर बेचेर दशैंको लागि पैसा जोहो गरेको प्रस्ट देखिन्छ । आइतबारबाट सेलिङ्ग प्रेसर नआउने लगानीकर्ताले अनुमान गरेका छन् । आइतबारदेखि सेयर किनबेच गर्नेको पैसा खातामा दशैं अघि आउने छैन । आइतबादेखि स्टक मार्केटमा सेयर बेच्नेको भन्दा पनि किन्ने लगानीकर्ताको हाबी हुने लगानीकर्ताहरु बताउँछन् । पैसा हुनेले यति खेर किन्ने अवसर भएको लगानीकर्ता घनस्याम अर्याल बताउछन् । अहिले लगानी गरेर केही समय कुर्ने हो भने सेयर बजारबाट मनग्य आम्दानी गर्न सकिने अर्यालको तर्क छ ।

सेयर बजारमा विस्तारै लगानी गर्ने बतावरण बन्दै गएको देखिन्छ । कात्तिक देखि बैंकको व्याजदर  घट्न सक्ने छ । बैंकको व्याजदर  घटाउन गभर्नरलाई अर्थमन्त्रीले दबाब दिइरहेका छन् । यता, व्यवसायीहरुले व्याजदर घटाउन अर्थमन्त्रीलाई विभिन्न सभा र गोष्ठीमा बोलाएर होस् वा ज्ञापनपत्र बुझाएर प्रत्यक्ष र अप्रत्यक्षरुपमा आग्रह गरिरहेका छन् । अर्थमन्त्री पनि बैंकको व्याजदर  घटाउने पक्षमा देखिएका छन् ।

पहिलाको बियरमा ११ सयको बटमलाई ४ पटक टेस्ट गरेर ३२ सयको यात्रा तय गरेजस्तै अहिलेपनि १८ सयको बटमलाई बजारले पटक पटक टेस्ट गरिसकेकोले यही बिन्दुबाट बजारले बुलको यात्रा तय गर्ने अुनमान गर्न सकिनेछ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर